अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सुखद अवसरमा सुदूरपश्चिम प्रदेशका पहाडी भाषिक समुदायहरूमा केन्द्रित एक "भाषिक गोष्ठी" आयोजना हुन गइरहेको छ । "बहुभाषी शिक्षामा युवाहरूको आवाज" भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रममा सम्बन्धित सबै महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
कार्यक्रमको विवरण:
- मिति: २०८२ साल फागुन ०९ गते, शनिबार
- समय: बिहान ११:३० बजेदेखि
- स्थान: कैलाली जनपुस्तकालयको सभाहल, मेनरोड, धनगढी-कैलाली
- आयोजक: कैलाली जनपुस्तकालय र सुदूर चिनारी दुईमासे पत्रिका, धनगढी
विस्तृत जानकारीका लागि:
- एन.के. आनन्द (सम्पादक, सुदूर चिनारी): ९८४८४६४१८९
- सुभाष संकल्प भण्डारी (सचिव, कैलाली जनपुस्तकालय): ९८४८४३२१७४

