पुस्तकालयका उद्देश्यहरू

  1. सर्वसाधारण जनताहरुलाई सर्वशुलभ ढंगबाट अध्ययन, पठन पाठनका लागि पुस्तकालयमा विविध विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक र पत्र–पत्रिकाहरुको व्यवस्था गर्ने गराउने ।
  2. नेपाली साहित्यका दिवंगत श्रष्टाहरुको पुस्तकालयमा फोटो राखी जन्म जयन्ति मनाउने ।
  3. नेपाली भाषा, साहित्य, कला र संस्कृति तथा ज्ञान विज्ञानको क्षेत्रमा विशिष्ट योगदान दिने साहित्यकार र विद्वानहरुको परिचय र कीर्तिहरुको सूचि राख्ने व्यवस्था मिलाउने ।
  4. पुस्तकालयमा समय समयमा साहित्य गोष्ठी, ज्ञान विज्ञान सम्बन्धि प्रवचन गोष्ठी, सम्मेलन तथा पुरस्कारको व्यवस्था गर्ने ।
  5. पुस्तकालयमा राष्ट्रिय पर्वका दिनहरुमा साहित्य गोष्ठीको आयोजना गर्ने ।
  6. पुस्तकालयले नेपाली भाषा र साहित्यको सेवा गर्ने आर्थिक रुपले असक्षम साहित्यकारहरुको स्वास्थ्योपचार र कृति प्रकाशनमा सक्दो आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गर्ने ।
  7. पुस्तकालयले आर्थिक अवस्था कमजोर भएका जनजाति, आदिबासी र विपन्न वर्गका केही स्थानीय छात्र–छात्राहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने छ ।
  8. पुस्तकालयले काली–कर्णाली क्षेत्रका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल, लोक साहित्य, संस्कृति र इतिहासको अनुसन्धान, अन्वेषण गर्ने र त्यस्तो गर्ने प्रतिभालाई विभिन्न प्रकारले प्रोत्साहन गर्दै आर्थिक सहयोग प्रदान गर्ने ।
  9. नेपाल अधिराज्यका विभिन्न क्षेत्रका लोक संस्कृति सम्बन्धि झलकहरुको छायाँकन गरी सार्वजनिक प्रदर्शनद्वारा प्रचार प्रसार गर्ने गराउने ।
  10. नेपाल सरकारबाट स्वीकृति लिई एफ.एम. सेवा संचालन गरी सुदूरपश्चिमाञ्चलको भाषा, साहित्य, कला र संस्कृति झल्किने कार्यक्रमहरु संचालन गर्न सक्ने छ ।
  11. राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका पुस्तकालय र समान प्रकृतिका अन्य संघ संस्थासँग विविध सहयोग आदान–प्रदान गर्ने, सम्बन्ध सुमधुर बनाउने र सहयोगात्मक भावनालाई अभिवृद्धि गर्ने गराउने प्रयत्न गर्ने ।
  12. आवश्यकतानुसार घुम्ती पुस्तकालय संचालन गरी अध्ययन गर्ने बानी बसाली प्रयत्न गर्ने ।
  13. पुस्तकालयबाट आवधिक मुखपत्र र अन्य साहित्य प्रकाशन गर्ने ।
  14. पुस्तकालयले आफ्ना र विद्वान श्रष्टाहरुका कृति प्रकाशित गर्न र व्यवस्था समेत संचालन गरी आय आर्जन गर्न छापाखाना स्थापना गर्न सक्ने छ ।
  15. विद्वान साहित्यकार, वैज्ञानिक, अन्वेषक, गीतकार र कविहरुका कृतिहरु पुस्तकालयले प्रकाशन गर्न सक्ने छ।
  16. शिक्षाप्रद र ज्ञानवद्र्धक कार्यक्रमहरु जनचेतना अभिवृद्धि गर्न त्।ख्। र ख्।ऋ।च्। को माध्यमबाट संचालन गरी प्रचार प्रसार गर्ने ।
  17. भाषा, साहित्य, कला र संस्कतिका विभिन्न पक्षहरुको उत्थानका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
  18. भाषा, साहित्य, कला र संस्कृति तथा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्नुहुने श्रष्टा र साधकहरुलाई उत्प्रेरीत र कदर गर्दै अभिनन्दित तथा पुरस्कृत गर्ने ।
  19. बाल साहित्य प्रचारमा जोड दिने र राष्ट्रिय पठन पाठन दिवस तथा बाल साहित्य पुस्तक प्रदर्शनी गरी बाल बालिकाहरुलाई साहित्य पढ्ने प्रेरणा र प्रोत्साहन दिने ।
  20. पुस्तकालय सम्बन्धि तालिम गोष्ठी संचालन गर्ने, अन्तर पुस्तकालय सम्बन्धमा अभिवृद्धि गर्ने र पारस्परिक सहयोगमा अभिवृद्धि गर्ने ।
  21. पुस्तकालयको बृहत्तर हीत र निश्चित उद्देश्य परिपूर्तिका लागि अक्षयकोष स्थापना गर्न सकिने छ ।
  22. लोप भएर गएका धार्मिक, ऐतिहासिक एवं वैज्ञानिक ग्रन्थहरुको खोजपूर्ण अन्वेषण गरी प्रतिभाहरुको कदर गर्ने व्यवस्था मिलाउने ।