पठन-संस्कृति, वाचनकला तथा अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस पुस्तकालयको ६८ औं वार्षिकोत्सवको अवसरमा तपसिलको मिति, समय र स्थानमा 'वक्तृत्व प्रतियोगिता' आयोजना गर्न लागिएको हुँदा इच्छुक विद्यार्थीहरूमा सहभागिताका लागि अनुरोध गरिन्छ।
तपसिल:
- मिति : २०८२ साल माघ १६ गते शुक्रबार
- समय : दिउँसो १२ : ३० बजे
- स्थान : कैलाली जनपुस्तकालयको सभाहल
- शीर्षक : ‘शहीदको सपना र राष्ट्र निर्माणमा जेन्जी (Gen-Z) पुस्ताको भूमिका’
सहभागिताको लागि शर्तहरू:
१) प्रतियोगितामा माध्यमिक तह (९–१२) का विद्यार्थीहरूले भाग लिन सक्नेछन् ।
२) एउटा विद्यालयबाट १ जना मात्र प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् ।
३) नाम दर्ता गर्ने मिति : २०८२ माघ १५ गते बिहीबारसम्म (कार्यालय समयभित्र) ।
पुरस्कार राशि:
- प्रथम पुरस्कार : रु. ५,०००/-
- द्वितीय पुरस्कार : रु. ३,०००/-
- तृतीय पुरस्कार : रु. २,०००/-
थप जानकारीका लागि: ०९१- ५२१५३५, ९८४८५२१६११
- पुष्पराज ओझा (कार्यक्रम संयोजक)
