आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता २०८३

Venue
धनगढी, कैलाली
Event Date

https://www.facebook.com/reel/1394485905565217

संविधान दिवस २०८३ को अवसरमा कैलाली जनपुस्तकालय, धनगढीले आयोजना गरेको आधारभूत तह स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
‘पुस्तकालयको महत्त्व’ शिर्षकमा आयोजित प्रतियोगितामा मिलन विद्या निकेतन, जुगेडा, धनगढीकी छात्रा बिहानी जोशी प्रथम भएकी छिन । प्रतियोगितामा डिस्कभरी इङ्लिस बोर्डिङ स्कुलकी छात्रा रितिका उपाध्याय द्वितीय, शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलका  छात्र  रिदम महरा तृतीय भएका छन् । यसैगरी  थ्रीस्टार इङ्लिस बोर्डिङ स्कुलकी छात्रा सभ्यता पोखरेलले सान्त्वना स्थान हासिल गरेकी छिन ।
बिजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम हुनेलाई पाँच हजार, द्वितीयलाई  तिन हजार, तृतीयलाई  दुई हजार र सान्त्वना स्थान ल्याउनेलाई एक हजार पुरस्कार प्रदान गरिएको हो । 
धनगढी उपमहानगर पालिका र गोदावरी नगरपालिकाभित्रका २८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थी गरी एक सयभन्दा बढीको उपस्थिति रहेको कुरा पुस्तकालयका सहग्रन्थपाल रघुनाथ जोशिले जानकारी दिनुभएको छ ।