६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो

स्थान
कैलाली जनपुस्तकालय, धनगढी
मिति

पुस्तकालयको ६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा २०८२ माघ १० गते खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो। खरिदारको पाठ्यक्रममा आधारित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूलाई क्रमशः रु ५,०००, रु ३,००० र रु २,००० पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम संयोजक प्रेम विवश चन्दको नेतृत्वमा सम्पन्न यस प्रतियोगितामा विभिन्न समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो।